स्वास्थ्य

ड्रग माफियाले कोरोना औषधिको दुष्प्रचार गरे : बाबा रामदेव

  • एजेन्सी
  • १७ असार बुधबार, २०७७ | १२:४३:०० मा प्रकाशित

हरिद्वार । योग गुरु बाबा रामदेवले पतंजलिको कोरोनिल दवाईमा भएको विवादलाई लिएर सफाई दिएका छन् । उनले ड्रग माफिया र मल्टिनेशनल कम्पनीले दावईको दुष्प्रचार गरेको बताए । 

बाबा रामदेवले भने, ‘उनीहरु आफ्नो फाइदाको लागि योग, स्वदेशी र भारतीयताविरुद्ध माहौल बनाउन चाहन्छन् ।’

रामदेवको पतंजलि आयुर्वेदले २३ जूनमा कोरोनाको उपचार गर्ने औषधि सार्वजनिक गरेको थियो । त्यसको ५ घण्टापछि केन्द्र सरकारले बैज्ञानिक तथ्य नभएको जानकारी दिएको थियो । केन्द्रले पूर्णतया जाँच नगरी प्रवर्ध्वन र विज्ञापन नगर्न भनेको थियो । 
 

एजेन्सी

तपाईँको मत