पूर्वाधार

‘कोरोनाभाइरस र रक्सीको सम्बन्ध’

[एक मिटरको दुरी राखेर कुरा गर्नुहोस्, हेलचेक्राइँ नगर्नुहाेस्]

काठमाडौँ । कोरोनाभाइरस र रक्सीबीच कुनैपनि सम्बन्ध छैन । रक्सी वा कुनै प्रकारको धुमपानले शरीर कमजोर हुन्छ, जसले भाइरसको संक्रमण हुने खतरा हुन्छ । केहि भ्रामक खबर फैलिइरहेको छ कि रक्सी सेवनले संक्रमण फैलन्छ भनेर । तर फैलँदैन, यो गलत छ । तर रक्सी पिउँदा अन्य रोग लाग्नसक्ने खतरा भने हुन्छ ।

अन्य निम्न महत्वपूर्ण जानकारी लिन नछुटाैँ

चिकित्सकका अनुसार लकडाउन क्रमशः खुकुलिँदै गर्दा युवा विरामी अस्पताल जान सक्छन तर वृद्धले होशियारी अपनाएको बेस । तर इमरजेन्सी नै भए आवश्यक सावधानीका साथ अस्पताल गएको राम्रो । दुरी कायम राख्दै, सेनिटाइजर, ग्लोब्सको प्रयोग गरेर अस्पतालबाट सेवा लिन सकिन्छ । नत्र घरबाटै फोन या अन्य माध्यमबाट परामर्श लिन सकिन्छ ।

विशेषज्ञले अफवाहको पछाडि नलाग्न र पुरुषभन्दा महिलालाई संक्रमण कम हुने कुरा गरिरहेका छन जसको कुनै वैज्ञानिकता छैन । उनीहरुका अनुसार संक्रमण सबैमा उत्तिकै रहेको छ ।

विशेषज्ञका अनुसार जसमा कोरोनाको लक्षण १४ दिनसम्म देखिँदैन भने उसको शरीर भाइरससँग लड्न सक्षम भएको बुझ्नुपर्छ । यदि जाँच गर्दा फेरी पोजेटिभ आएपनि दुई या तिन हप्तापछि उसमा अर्कोमा संक्रमित गर्ने क्षमता हुँदैन ।

विशेषज्ञले यात्राको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । डब्लूएचओले पनि पटक पटक भन्दै आएको पनि छ । यात्राको समयमा अधिकांशले+ दुरी पालना नगर्न सक्ने हुनाले सचेत रहँदै आवश्यक उपकरणको प्रयोग गर्नुपर्ने उनीहरुको राय छ ।

यस्तै चिकित्सकका अनुसार कोरोनाको संक्रमण बढिमात्रामा सासको माध्यमबाट हुन्छ । जब कोहि मानिस खोक्छ वा हाच्छिउँ गर्छ तब उसबाट निस्कने सासमा साना साना कण हावामा थोरै समयसम्म रहन्छ र अगाडि गएर तल जान्छ । यसकारण एक मिटरको दुरी राख्नु् जरुरी छ । रह्यो लक्षण भएको र नभएको कुरा, जसमा लक्षण हुँदैन जसले बोल्दा या हाच्छिउँ गर्दा भाइरसको कण बाहिर आउन सक्छ । यसकारण उबाट दुरी कायम गर्नुपर्दछ । पटक पटक हात धुन नविर्सौँ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत