स्वास्थ्य

कहिलेसम्म आउँछ कोरोनाको भ्याक्सिन ? संसारभर १४८ भ्याक्सिनमा काम हुँदै

[१७ क्लिनिकल ट्रायलको चरणमा]

काठमाडौँ । संसारका २१६ देश यो समय कोरोनाभाइरसको चपेटासँग जुधिरहेका छन् । विश्वमा भाइरसबाट संक्रमितको संख्या एक करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघिसकेको छ ।

अहिले जनजनको मनमा एउटैमात्र प्रश्न उठिरहेको छ कि आखिर भ्याक्सिन कहिले आउँछ ? कहिलेसम्म कोरोनासँग लड्ने ? यसको जवाफ अहिले कसैसँग छैन ।

डब्लूएचओका अनुसार, २८ जूनसम्म दुनियाँभरमा कोरोनाविरुद्धको १४८ भ्याक्सिनमा काम भइरहेको छ । यसमा १३१ भ्याक्सिन प्रि-क्लिनिकल प्रोसेसमा छन जबकि बाँकी १७ भ्याक्सिन क्लिनिकल ट्रायल फेजमा आइसकेका छन् ।

सामान्यतया कुनैपनि रोगको भ्याक्सिन बन्न १५ वर्षभन्दा बढि लाग्ने गर्दछ । तर दुनियाँभरमा कोरोनाको भ्याक्सिनलाई लिएर द्रूतगतिमा काम भइरहेको छ । यसबाट अन्दाज लगाउन सकिन्छ कि आउने वर्षको जून २०२१ सम्म हामीसँग प्रभावकारी भ्याक्सिन हुनेछ ।

केहि दिन अगाडि डब्लूएचओका प्रमुख टेड्रोसले पनि एक वर्षभित्र कोरोनाको भ्याक्सिन आउने आशा दिलाएका थिए ।

ब्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी र त्यहाँको एक कम्पनी एस्ट्राजिनेका एक भ्याक्सिनमा काम गरिरहेका छन जुन मानव परीक्षणको तेस्रो चरणमा पुगिसकेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत