गाउँ सहर

विश्वभर काेराेनाबाट संक्रमित हुने बढेकाे बढ्यै, संक्रमितकाे संख्या कराेड नाघ्याे, निकाे ५५ लाख

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५५ लाख ५३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड २ लाख ४३ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ४ हजार ४१० पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४१ लाख ८५ हजार ९५३ जनामा सक्रिय केशमध्ये ५७ हजार ६७० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २६ लाख ३७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २८ हजार ४३७ जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख ९३ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५ लाख ४९ हजार १९७ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १६ हजार ४८७ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३ लाख २१ हजार ७७४ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १२ हजार ७७२ जना पुगेका छन् भने ३ हजार १३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २८ पुगेको छ भने ९ हजार ७३१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत