स्वास्थ्य

धेरै देशमा एकै रोगीबाट सैकडौँ संक्रमित, ‘सुपर स्प्रेडर’ जिम्मेवार

काठमाडौँ । दुनियाँभरमा कोरोनाभाइरसका एक करोड केशहरु पुगिसकेका छन् । डब्लूएचओले भनेको छ- खतरा अहिले बढी छ । संक्रमण अहिले युरोपमा कम भइरहेको छ भने एशिया र ल्याटिन अमेरिकामा द्रूतगतिमा फैलिइरहेको छ ।

संक्रमणबाट बच्नु छ भने सुपर स्प्रेडरबाट बच्नु अत्यन्तै जरुरी छ । जब एक रोगीबाट धेरै व्यक्ति संक्रमित हुन्छन भने ति रोगीलाई 'सुपर स्प्रेडर' भनिन्छ । कयौँ देशमा यस्तै सुपर स्प्रेडरको कारण अचानक केशहरु बढिरहेका छन् । दक्षिण कोरियामा संक्रमणको दोस्रो लहरको लागि सुपर स्प्रेडर नै जिम्मेवार छन् ।

अप्रिलसम्म त्यहाँ कोरोना नियन्त्रणमा लिइएको थियो । मे को पहिलो हप्तामा सियोलमा एक २९ वर्षका कोरोना संक्रमित युवक नाइट क्लबमा गए । उनले २२९ जनालाई संक्रमित गरे । प्रशासनलाई तुरुन्तै सात हजार बढिको टेस्ट गर्नुपर्यो । त्यसपछि मल, नाइट क्लब पूनः बन्द गर्नुपर्यो ।

जनवरीको महिनामा चीनमा पनि एक सुपर स्प्रेडरले १४ मेडिकल वर्कर्सलाई संक्रमित बनाएका थिए ।

सुपर स्प्रेडर भारत, अमेरिका, दक्षिण कोरिया, इटलीमा पनि देखिएको छ । भारतमा इटली र जर्मनीको यात्रा गरेर फर्किएका वृद्ध सुपर स्प्रेडर बने । उनको सम्पर्कमा आएका ५५० संक्रमित भए । यस्तै अमेरिकामा २७ फेब्रुअरीमा गार्बुज नामका व्यक्तिमा निमोनिया जस्तै लक्षण देखिएर अस्पताल लैजाँदा कोभिड-१९ थियो । उनको सम्पर्कमा आएका करिब १७० कोरोना पोजेटिभ देखिएको थियो ।

उता दक्षिण कोरियामा एक महिला कोरोना पोजेटिभ भेटिएकी थिइन् । पछि चर्चमा सम्पर्कमा आएका २९ संक्रमितबाट बढेर २९०० संक्रमित भएका थिए । यस्तै इटलीमा भने चेम्पियन्स लिग नै भारी पर्यो, त्यहिँबाट सबैतिर फैलियो ।

तर अवस्था यतिविघ्न हुँदापनि डब्लूएचओले यो विषयमा केहि बोलेको छैन । तर विशेषज्ञका अनुसार, यस्ता रोगी हुन्छन जसले आम विरामीको तुलनामा कयौँ बढि संक्रमण फैलाउने गर्दछन् । उनीहरुका अनुसार हरेक व्यक्तिको शरीर अलग हुन्छ । केहि मानिस यस्ता हुन्छन्, जसमा भाइरस अत्यन्तै बढि हुन्छ । तिनको एक ड्रपलेटमा आम रोगीभन्दा १० देखि १०० गुणा बढि भाइरस हुनसक्छ । 

अमेरिकाका संक्रामक रोग विशेषज्ञ एलिजाबेथ मेक्ग्राका अनुसार, पछिल्ला दुई दशकमा अमेरिकामा रुबेलाको प्रकोप सुरु भयो । यो यस्तो विरामी हो जुन पूर्णतया नियन्त्रणमा थियो तर सुपर स्प्रेडरको कारण एकपटक फेरि यसको प्रकोप फैलियो । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत