स्वास्थ्य

कोरोनाकालमा ४.७ करोड महिला ‘अनवान्टेड प्रेग्नेन्ट’, ८% बच्चा जन्मदै काेराेना पाेजेटिभ

काठमाडौँ । कोरोनाभाइरसले प्रेग्नेन्ट महिलासामु कहर बनेर देखा परेको छ । हरेकपटक चेकजाँच गर्न अस्पताल जानुपर्ने तर कसैले के बहाना देखाउने गर्दा धेरैको मृत्यु पनि भएका छन् ।

यस्तै घटना पपुआन्यूगिनीमा पनि भएको थियो । त्यहाँ एक प्रेग्नेन्ट महिला उपचारको लागि अस्पताल पुगिन, उनलाई ब्लड प्रेसरको समस्या थियो । अस्पतालले कोरोनाको डरले उनलाई भर्ना गरेन । केहिदिन पछि उनी आँखा नदेख्ने भइन र उनको बच्चालाई पनि बचाउन सकिएन ।

कोरोनाकालमा यो किसिमका समस्याहरु देखिएका छन् । संक्रमणको डरले कयौँ महिलाहरु अस्पताल जानुको सट्टा घरमै डेलिभरीको योजना बनाइरहेका छन उनीहरुलाई झनै समस्या सावित भयो । हालै बंगलादेशको राजधानी ढाकामा पनि यस्तै समस्या भयो ।

यो समस्या माथि उल्लेखित देशहरुमा मात्र होइन नेपाललगायत विश्वका कोरोनाप्रभावित सम्पूर्ण देशको समस्या बनेको छ । हरेकपटक चेकजाँच, त्यहिँमाथि सम्पूर्ण अस्पताल तथा स्वास्थ्यकमीको ध्यान कोरोना बन्दा प्रसुति सेवा नराम्ररी प्रभावित हुन पुगेको छ ।

चिकित्सकका अनुसार प्रेग्नेन्सीको समयमा महिलामा अनेक समस्याहरु आउने गर्दछन् । यो समय ब्लड प्रेसर लो, मेटाबोलिज्म र हार्ट रेट बढ्ने गर्दछ । साथै इम्यून सिस्टम पनि कमजोर हुने जसले गर्दा सास फेर्न गाह्रो हुने, रेस्पिरेटरी डिजीज र इन्फ्लूएन्जा जस्ता रोको खतरा बढ्न सक्छ । जसको कारण महिलालाई सघन हेरचाहको जरुरत पर्दछ । एक अध्ययन अनुसार ९६% कोरोना पोजेटिभ महिलामा निमोनियाको लक्षण पाइएको छ ।

कोरोनाको कहरले बढि महिलाहरुको प्रिम्याच्योर डेलिभरी गर्नु परिरहेको छ । संसारभर करिब १३.६% प्रिम्याच्योर डेलिभरी हुन्थ्यो, तर अहिले यो आंकडा दुइगुणा अर्थात २६% पुगेको छ ।

अर्को महत्वपूर्ण कुरा यो कोरोनाकालमा संक्रमित महिलाका बच्चामा पनि कोरोनाको असर देखिन थालेको छ । जन्मको समय या सोपछि आमासँग सम्पर्कमा आउँदा बच्चामा संक्रमण सर्ने गरेको छ । यूनिसेफको तथ्यांक अनुसार ११.६ करोड बच्चाको जन्म कोरोनाकालमा भएको छ ।

तथ्यांकअनुसार नर्मल डेलिभरी भएका २.७% बच्चामा कोरोना पोजेटिभ पाइएको थियो । त्यस्तै सिजरिंगबाट जन्मेकामा ५% पोजेटिभ पाइएको छ । यसरी हेर्दा लगभग ८% बच्चा आमाको कारण कोरोनाको शिकार भएका छन् ।

यूनाइटेड नेशन्स पपुलेशन फण्ड (यूएनएफपीए) को रिपोर्ट अनुसार कोरोनाभाइरस र लकडाउनमा कयौँ महिलाहरु अनवान्टेड प्रेग्नेन्सीको शिकार भएका छन् । यो समयमा संसारमा ४.७ करोड भन्दा बढि महिला अनवान्टेड प्रेग्नेन्सीको शिकार भए ।

अधिक जोखिमका कारणले पेग्नेन्ट महिलाहरु अस्पताल जान डराइरहेको अवस्था छ । अहिले महिलाहरु अनलाइनबाट चेकअप गरिरहेका छन् । तर यो अवस्था ग्रामीण क्षेत्रमा सम्भव छैन । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत