स्वास्थ्य

हरेक वर्ष जनावरका कारण एक अर्ब मानिस विरामी, तीन दशकमा ३० प्रकारका नयाँ रोग

[शाकाहारी खानाले ३० वर्षमा २५०० लाख करोडलाई फाइदा]

काठमाडौँ । सन् २००३ मा सार्स फैलियो । सन् २००९ मा मर्स र एच१एन१ स्वाइन फ्लू । फेरि इबोला पनि पुनः फर्कियो । जीका भाइरसपनि फर्कियो । एचआइभी अहिलेसम्म प्रमुख मुद्धा बनेको छ । अहिले विश्वलाई कोरोनाभाइरसले अक्रान्त पारेको छ । यी यस्ता खतरनाक रोगहरु हुन जुन पछिल्ला १५-२० वर्षमा संसारभर फैलिएका हुन् । यी सबै रोगको एकै कारण रहेका छन्, त्यो हो जनावर ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हरेक वर्ष विश्वमा एक अर्ब मनिस जनावरबाट फैलिएको रोगको कारण विरामी भएका छन् । यसमध्ये लाखौँको मृत्यु हुने गर्छ । यो रोग जनावर खाँदा वा जनावरलाई खोरमा राख्दा फैलने गर्दछ । डब्लूएचओका अनुसार, पछिल्ला तीन दशकमा मानिसमा ३० प्रकारका नयाँ रोग आए र यसमा ७०% भन्दा बढी रोग जनावरको माध्यमबाट मानिसमा आएका छन् ।

यतिमात्र होइन, वैज्ञानिकले चेतावनी पनि दिएका छन कि कोरोनाभाइरस अन्तिम महामारी होइन, जोसँग हामी अहिले लडिरहेका छौँ । भविश्यमा हामीलाई नयाँ महामारीसँग लड्नुपर्ने हुन्छ, यसकारण हामी जनावरबाट फैलने रोगलाई नजिकबाट बुझ्नु जरुरी छ ।

यो कुराको कुनै ठोस प्रमाण त छैन तर सन् २०१३ मा यूनाइटेड नेशन्सको संस्था फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशनको रिपोर्ट अनुसार लाइभस्टक हेल्थ हाम्रो ग्लोवल हेल्थ चेनको सबैभन्दा कमजोर कडी हो । रिपोर्टका अनुसार, संसारभरमा ९०% भन्दा बढी मासु कारखानाबाट आउँछन् । यी कारखानामा जनावरलाई कोचेर राखिन्छ र सरसफाईमा कम ध्यान दिइन्छ । यहिकारण भाइरल रोग फैलने खतरा हुन्छ ।

जस्तै सन् २००३ मा सार्स रोग सालकबाट फैलियो । सन् २००९ मा स्वाइन फ्लू सुँगुरबाट आयो । मर्स रोग उँटबाट । जीका भाइरस बाँदरबाट आएको थियो र मानवमा फैलियो ।कोरोना पनि सालकबाट चमेरा या पैंगोलिन हुँदै मानवमा आएको भनिँदैछ । तर अहिलेसम्म यसबारे खोज जारी छ ।

जनावरबाट मानिसमा कसरी सर्छ भाइरस ?

जनावरबाट मानिसमा व्याक्टेरियाको माध्यमबाट, हावाको माध्यमबाट, जनावरको सम्पर्कबाट र त्यसको मासु खाँदा सर्ने गर्दछ ।

जनावरको मासु खाँदा के नोक्सानी हुन्छ ?

खाद्य अपूग, प्रजातिको समाप्ति, पानीको अधिक प्रयोग, वन फँडानीजस्ता नोक्सानी हुन्छ ।

के शाकाहारी हुँदा रोगबाट बच्न सकिन्छ ?

कोरोनाभाइरस महामारी फैलिएपछि डब्लूएचओले जनावर बजार र जनावरसँग सिधा सम्पर्क गर्नबाट बच्ने दिशानिर्देश गर्यो । यसपछि जनावरमा काम गरिरहेको संस्था पेटाले पनि ब्लगको माध्यमबाट सिधै त भनेन तर भेजिटेरियन रहेर रोगसँग लड्न सकिने कुरा इंगित गर्यो ।

अर्को महत्वपूर्ण कुरा, सन् २०१६ मा नेशनल एकेडेमी अफ साइन्सको एक अध्ययनले यदि संसारको जनसँख्या मासु छाडेर शाकाहारी बनेमा सन् २०५० सम्म ग्रिन हाउस ग्यासको उत्सर्जनमा ७०% सम्म कमी आउन सक्छ भनेर बताएको छ ।

अन्दाजी संसारमा १२ अर्ब एकड जमिनमा खेती र सोसँग जोडिएको काममा प्रयोग हुन्छ । यसमध्ये सबै ६८% जमिन जनावरको लागि प्रयोग हुन्छ । यदि सबै मानिस भेजिटेरियन भएभने ८०% जमिन जनावर र जंगलको लागि प्रयोगमा ल्याउन सकिन्छ । यसमा कर्बनडाइअक्साइडको मात्र कम हुन्छ र जलवायु परिवर्तनसँग लड्नको लागि मद्यत मिल्दछ । बाँकी बचेको २०% जमीनको प्रयोग खेतीको लागि हुनसक्छ । जबकि, अहिले जति जमिनमा खेती हुन्छ, त्यसको एकतिहाई हिस्सामा जनावरको लागि चारो उमार्न सकिन्छ ।

रैपनि एक प्रश्न, शाकाहारी बनेमा खानको लागि अन्न हुन्छ ?

यो प्रश्नको उत्तर दिँदै पेटा भन्छ— जनावर पाल्नु नोक्सानी हुन्छ किनकी जनावर धेरै मात्रामा अन्न खान्छन र यसको सट्टा त्यसबाट कम मात्रामा मासु, डेरी उत्पादन या अण्डा प्राप्त हुन्छ । वैज्ञानिक भन्छन कि कुनै जनावरबाट एक किलो मासु लिनको लागि उसलाई १० किलो अन्न ख्वाउनु पर्दछ ।

संसारमा एक्लै गाइगोरुले ८.७० अर्ब व्यक्तिको क्यालोरी बराबरको खाना खान्छन् जुन धरतीमा रहेका मानिसको सँख्या बराबर हो ।

वर्ल्ड वाच इन्स्टिच्यूटका अनुसार, हामी यस्तो दुनियाँमा बाँचिरहेका छौँ जहाँ हरेक ६ मध्ये १ व्यक्ति दैनिक भोकै बस्छन् । यस्तो यसकारण भएको छ कि मासुको उत्पादनमा अन्नको दुरुपयोग हुन्छ । जबकि, मानिसले सिधै अन्न खाए त्यसको सहि उपयोग हुन्छ ।

वैज्ञानिकले भर्खरै चेतावनी दिएका छन कि आगामी दिनमा अन्नको अभावको सामना गर्नुपर्ने हुनसक्छ किनकी बढी अन्न जनावरलाई ख्वाइरहेका छौँ । पेटा, डब्लूएचओ, सीडीसी, नेशनल एकेडेमी साइन्स, भिजुअलक्यापिटलिस्टको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत