स्वास्थ्य

कोरोनाविरुद्धको भ्याक्सिन : कुन भ्याक्सिन, कुन चरणमा ? हेर्नुहोस्

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले २२ जुनमा कोभिड-१९ खाेप (भ्याक्सिन) को मस्यौदा परिदृश्य जारी गरेको छ । उसका अनुसार, सार्स कोभ-२ भाइरस जसले कोरोनाभाइरस विरामी हुन्छ, यसको लागि १३ वटा भ्याक्सिनको चिकित्सकीय मुल्यांकन चरण (क्लिनिकल इभ्यालूएशन स्टेज) मा छन् । अक्सफोर्ड यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले मानवमा भ्याक्सिनको परीक्षण हुनु अघि नै सुरु गरिसकेका छन् । 

लण्डनको इम्पेरियल कलेजले बनाएको भ्याक्सिन मानव परीक्षण चाँडै हुँदैछ । यसको अलवा १२९ भ्याक्सिन उम्मेद्वार यस्ता छन जसको अहिले प्रि-क्लिनिकल इभ्यालूएशन भइरहेको छ । ति १३ भ्याक्सिन कुन कुन हुन जुन क्लिनिकल इभ्यालूएशनमा छन र कुन चरणमा छन्, आउनुहोस जानौँ ।

१. यूनिभर्सिटी अफ अक्सफोर्ड र एस्ट्राजिनेका पिएलसी (अन्तिम चरणमा)
२. बेइजिंग इन्ट्च्यिूट अफ टेक्नोलोजी र केनसिनो बायोलोजिकल इंक (दोस्रो चरण)
३. नेशनल इन्ट्च्यिूट अफ एलर्जी एण्ड इन्फेक्शियस डिजीजेज (यूएस) र मोर्डेना इंक (दोस्रो चरणमा)
४. वुहान इन्ट्च्यिूट अफ बायोलोजिकल प्रोडक्ट्स र साइनोफार्म (चरण १/२)
५. बेइजिंग इन्ट्च्यिूट अफ बायोलोजिकल प्रोडक्ट्स/साइनोफार्म (चरण १/२)
६. साइनोवैक (चरण १/२)
७. बायोएनटेक/फोसन फार्म/फिजर प्लेटफार्म आरएनए (चरण १/२)
८. नोभावेक्स (चरण १/२)
९. चाइनीज एकेडेमी अफ मेडिकल साइन्सेज (चरण १)
१०. इनोभियो फर्मास्यूटिकल्स (चरण १)
११. गेमलेया रिसर्च इन्स्टिच्यूट (चरण १)
१२. इम्पेरियल कलेज, लण्डन (स्टेज १)
१३. क्योरवैक (चरण १)

अक्सफोर्डको भ्याक्सिन परीक्षण अन्तिम चरणमा

यूनिभर्सिटी अफ अक्सफोर्ड र एस्ट्राजिनेका पिएलसीको प्रयोग खोप क्लिनिकल ट्रायलको फाइनल चरणमा पुगेको छ । यो संसारकै पहिलो खोप हो जुन अन्तिम चरणमा पुगेको छ । सिएचएडिओएक्स१ एनकोभ-१९ भ्याक्सिन अब १०,२६० व्यक्तिमा लगाइने छ । यो भ्याक्सिनको ट्रायल बेलायतको अलवा दक्षिण अफ्रीका र ब्राजिलमा पनि भइरहेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत