गाउँ सहर

विश्वभर काेराेनाबाट ४ लाख ८४ हजारभन्दा बढिकाे मृत्यु, ५८ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५१ लाख ७५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९५ लाख २७ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ८४ हजार ९७२ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३८ लाख ६६ हजार ७४२ जनामा सक्रिय केशमध्ये ५८ हजार ४२१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २४ लाख ६२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २४ हजार २८१ जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख ४० हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४ लाख ७२ हजार ९८५ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १४ हजार ९०७ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख ७१ हजार ६८८ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १० हजार ७२८ जना पुगेका छन् भने २ हजार ३३८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २५ पुगेको छ भने ८ हजार ३६६ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत