स्वास्थ्य

‘एक्लोपना र धुमपान’- कनेक्शन्

[एक्लै रहेका व्यक्तिलाई धुमपानको बानी यति बढ्छ कि छाड्नै गाह्रो]

ब्रिटेन । एक्लोपनासँग लडिरहेका व्यक्तिमा धुमपानको आदत धेरै बढ्न सक्छ र यसलाई छोड्न अत्यन्तै गाह्रो हुन सक्छ । यो दावी ब्रिटिश शोधकर्ताले आफ्नो अध्ययनमा गरेका छन् । शोधकर्ताले लकडाउनबीच एक्लोपना र धुमपानमा अध्ययन गरेका थिए ।

नतिजामा यो आयो कि लकडाउनमा एक्लै रहेका व्यक्तिमा धुमपानको बानी लाग्न सक्छ र जो पहिलेबाटै छ भने उसले चुरोट पिउने संख्या बढाउन सक्छ । यो समय जसमा केश बढ्छ ति व्यक्तिहरु यसबाट सजिलै छुटकारा पाउन सक्दैनन् ।

अनुसन्धान गर्ने ब्रिस्टल यूनिभर्सिटीका शोधकर्ताका अनुसार, हजारमा १०० व्यक्तिले यो माने कि एक्लोपना नै सिधै धुमपानको कारण हो । अध्ययनबाट चुरोटले मानिसको एक्लोपना झन बढाउने बताएको छ । किनकी निकोटिनको कारण मस्तिष्कबाट डोपमाइन हार्मोन रिलिज हुन्छ जसले सन्चो महशुष गराउँछ, यसकारण मानिस पटक-पटक यस्तो गर्दछन् ।

ब्रिटिश सरकारको कोरोना ट्र्याकर आंकडा अनुसार, ब्रिटेनमा २२ लाख मानिसले पहिलेको तुलनामा लकडाउनमा धेरै धुमपान गरे । शोधकर्ता डा. रबिन वुटेनका अनुसार, लकडाउनका कारण अचानक व्यक्तिबीच भेट्न समाप्त भयो । यो समय मानिसमा एक्लोपनाको केश बढे ।

शोधकर्ताका अनुसार, केहि व्यक्तिमा देख्न सकिन्छ कि खाने, पिउने, सुत्ने र धुमपानको असर अनुवांशिक अवस्थालाई परिवर्तन गर्दछ । यसको मुख्य कारण धुमपान नै हो । शोधकर्ता डा. जोरियन भन्छन्— धुमपान गर्नेले मूड ठिक गर्ने हतियार सम्झन्छन् । यहि बानीले यस्तो अवस्थामा पुर्याउँछ, जुन समय चाहेर पनि धुमपान छाड्न गाह्रो हुन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत