गाउँ सहर

विश्वभर काेराेना संक्रमित निकाे हुने ५० लाख नाघे, मृत्यु हुने ४ लाख ७९ हजार भन्दा बढि

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५० लाख ४१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९३ लाख ५३ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ७९ हजार ८०५ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३८ लाख ३२ हजार २१९ जनामा सक्रिय केशमध्ये ५७ हजार ९११ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २४ लाख २४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २३ हजार ४७३ जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख २० हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४ लाख ५६ हजार ११५ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १४ हजार ४८३ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख ५८ हजार ५७४ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १० हजार ९९ जना पुगेका छन् भने २ हजार २२४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २४ पुगेको छ भने ७ हजार ८५१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत