गाउँ सहर

विश्वभर काेभिडबाट संक्रमितमध्ये ४९ लाख ३७ हजार निकाे, ४ लाख ७४ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४९ लाख ३७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९१ लाख ८८ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ७४ हजार ३३९ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३७ लाख ७६ हजार ७४४ जनामा सक्रिय केशमध्ये ५७ हजार ८८८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २३ लाख ८८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २२ हजार ६१० जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख २ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४ लाख ४० हजार नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १४ हजार ५१ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख ४८ हजार १३७ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ९ हजार ५६१ पुगेको छ भने २ हजार १४८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २३ पुगेको छ भने ७ हजार ३९० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत