दृष्‍टिकोण

३३ वर्षिया किम यो-जोंग संसारकै पहिलो महिला तानाशाह बन्न सक्छिन्

काठमाडौँ । किम यो-जोंग संसारकै पहिलाे तानाशाह बन्ने लाइनमा छिन् । उनी उत्तरी कोरियाका शासक किम जोंग-उन को सानी बहिनी हुन् । उनी दाजू-बहिनीमा एक्लै छिन्, जसलाई किम जोंग-उन को नजिक र विश्वासिलो सहयोगी मानिन्छिन् । किम यो-जोंग पहिलो पटक सन् २०१८ मा चर्चामा आएकी थिइन् जब उनले दक्षिण कोरियाको भ्रमण गरिन् । त्यहाँ उनी शीतकालीन ओलम्पिकमा आफ्नो टिमसँग झुल्किएकी थिइन् । त्यो समयपछि किम यो-जोंगले दक्षिण कोरियालाई लिएर आक्रमक बनेकी थिइन् । 

आक्रमक क्रोधको लागि चिनिन्छिन्

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनलाई लिएर किम यो-जोंगले धारिलो बयान दिइसकेकी छन् । केहि दिन पहिले उनले दक्षिण कोरिया सीमामा सेना पठाउने धम्की दिएकी थिइन् । उत्तर कोरियाले उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा बनेको साझा सम्पर्क कार्यालय ध्वस्त गरिदिएको छ । दुबै देशबीच कम्यूनिकेशन च्यानलपनि काटिदिएको छ ।

किम यो-जोंग, किम जोंग-इलका सानी छोरी हुन् । सन् १९८७ मा जन्मिएकी किम यो-जोंग आफ्ना दाजू किम जोंग-उन भन्दा चार वर्ष सानी छन् । तर उनको जन्मलाई लिएर पनि अलग अलग राय छन् । अमेरिकामा भनिन्छ कि उनको जन्म १९८९ मा भएको थियो । दक्षिण कोरियामा १९८८ बताइन्छ । जोंग का पिताका सेफका अनुसार, किम यो-जोंगको जन्म सन् १९८७ मा भएको थियो ।

दाईको उत्तराधिकारी बन्न सक्छिन उनी

किम यो-जोंग केहि समयदेखि आफ्ना दाईसँग देखिन्छिन् । उनी रणनीति बनाउनमा अहम भूमिका निभाइरहेकी छन् । जानकारका अनुसार उनी उत्तर कोरियाको आगामी शासक बन्न सक्छिन् । यसको पछाडि यो तर्क गरिँदै छ कि दुबै दाजू-बहिनीले बर्न (स्वीटजरल्याण्ड) मा सँगै रहेर पढाई गरेका हुन् । दुबैबीच राम्रो सम्बन्ध र सुजबुझ छ । किम जोंग-उन आफ्नो बहिनीलाई सबैभन्दा बढी विश्वास गर्दछन् ।

पछिल्ला दुइवर्षदेखि किम जोंग-उन आफ्नी बहिनीलाई अन्तर्राष्ट्रिय बैठकमा लगिरहेका छन् । सन् २०१८ मा उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न गएका थिए, त्यो समयमा पनि उनी सँगै थिइन् ।

यस्तो भनिँदै आइएको छ कि उनका पिताले सन् २००२ मा भनेका थिए— किम यो-जोंग राजनीतिमा रुची राख्छिन् र सरकारमा करिअर बनाउन चाहन्छिन् । पछिल्ला वर्षहरुमा के हुनेछ ? यसको बारेमा अहिले केहि धेरै भन्न म सक्दिन, तर यस्तो मानिन्छ कि किम जोंग-इलको मृत्युपछि उनले भाईको सत्ता बढाउन धेरै मद्यत गरेकी थिइन् ।

किम जोंग-उन अचानक गायव हुँदा देखिएकी थिइन उनी

यहि वर्षको अप्रिलमा किम जोंग-उन अचानक केहि हप्ता गायव भएका थिए । यसपछि उनको बहिनी उत्तराधिकारी हुने कुरा शुरु भयो । योभन्दा पहिले सन् २०१४ मा पनि किम जोंग-उन अचानक सार्वजनिक जीवनबाट गायव भएका थिए, तब पनि यो तरिकाको अड्कलबाजी लगाइरहेका थिए ।

२०१० मा पहिलो पटक सार्वजनिक रुपमा देखिएकी थिइन्

किम यो-जोंगलाई पहिलो पटक सन् २०१० मा सार्वजनिक रुपमा देखिएको थियो । २०११ मा आफ्ना पिताको अन्तिम संस्कारमा देखिएकी थिइन् । तीन वर्ष अघि अमेरिकाले मानवअधिकार हननको आरोप लगाउँदै उनीमाथि रोक लगाएको थियो । यस्तो भनिन्छ कि किम जोंग-उन ले उनका सौतेनी भाई किम जोंग-नाम लाई हत्या गर्ने आदेश दिएका थिए ।

किम जोंग-उन का तीन बच्चा धेरै कम उमेरका छन्

उत्तर कोरियाका शासक किम जोंग-उन का तीन बच्चा छन् । सबैको उमेर सानो छ । सबैभन्दा ठूलो छोरा १० वर्षका छन् । यसकारण अड्कल लगाइरहेका छन कि किम यो-जोंग लाई जिम्मेदारी दिन सक्छन् । किम दाजू-बहिनी यो-जोंगको इमेज महिला भएकी कारण एक बलियो नेताको रुपमा बनाउने कोशिशमा लागिपरेका छन् । 

विशेषज्ञको अनुमान अनुसार, एउटा कुरा त स्पष्ट छ कि एक नयाँ किम तयार भइरहेको छ । हेर्नमा संकोची हुन सक्छिन्, तर दुनियाँको सबैभन्दा क्रूर तानाशाही शासनलाई जीवन्त राख्नको लागि उनी आफ्नो दाजूमा समर्पित छिन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत