गाउँ सहर

काेराेनाबाट विश्वभर ४ लाख ७० हजार ज्यान गुमाइसके, ४८ लाख ३८ हजार निकाे, संक्रमित ९० लाख नाघे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४८ लाख ३८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९० लाख ४६ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ७० हजार ७०७ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३७ लाख ३७ हजार २६ जनामा सक्रिय केशमध्ये ५४ हजार ७३४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २३ लाख ५६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २२ हजार २४७ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ८० हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४ लाख २६ हजार नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १३ हजार ७०३ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख ३७ हजार २५२ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ९ हजार २६ पुगेको छ भने १ हजार ७७२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २३ पुगेको छ भने ७ हजार २३१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत