गाउँ सहर

विश्वभर ८९ लाख १४ हजार काेराेना संक्रमितमध्ये ४७ लाख ३८ जना निकाे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४७ लाख ३८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८९ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ६६ हजार ७१८ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३७ लाख ९ हजार ५२७ जनामा सक्रिय केशमध्ये ५४ हजार ५०३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २३ लाख ३० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २१ हजार ९८० जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ७२ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४ लाख ११ हजार नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १३ हजार २७७ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख २८ हजार १८१ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ८ हजार ६०५ पुगेको छ भने १ हजार ५७८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २२ पुगेको छ भने ७ हजार ५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत