विश्व

“नौ वर्षदेखि जारी गृहयुद्धका कारण बेघर भएका बच्चाको जीवन”

[यी शिविरमा जन्मिए, थाहा छैन- घरमा झ्याल-ढोका हुन्छ]

एटेम क्याम्पमा ६ वर्षकी रवन अल-अजीज ।

सिरीया र तुर्कीको सीमामा शरणार्थीको एटेम क्याम्प छ । यहाँ कयौँ परिवारले शरण लिइरहेका छन् । २०११ बाट सुरु भएको गृहयुद्धले उनीहरुको जिन्दगी उजाडा बनाएको छ । यहि क्याम्पमा यी परिवारका धेरै बच्चाहरुले जन्म लिएका छन् । शरणार्थी भएपछि यी बच्चा जमिनमा आए । यिनीहरुको जीवनले कहिल्यै आफ्नो घर देखेको छैन, शान्ति देखेको छैन । जन्मजात नै क्याम्पमा रहने यी बच्चाले घरको अर्थ बुझ्दैनन् । उनीहरुलाई घरमा ढोका, भ्याल र चुकुल हुन्छ भन्ने थाहा पनि छैन ।

हेर्नुहोस् अबोध शरणार्थी बच्चाहरुका केहि हृदयविदारक तस्विरहरुः

चार महीनाका बच्चा अब्दुल रहमान । एटेम क्याम्प
सिरीयामा सबैभन्दा बढी प्रभावित शहरका २ वर्षका वालिद अल-खलीद ।
जुमाना र फरहान अल-अल्यावी दुबै जुम्ल्याहा भाई-बहिनी हुन् ।
पाँच वर्षकी मरियम अल-मुहम्मद ।
मायसा महमूद अहिले पाँच वर्षकी छन् ।
सात वर्षका मोहम्मद अबदल्लाह ।
तीन वर्षका मुहम्मद अल-बासा ।
नौ वर्षकी रानिम बरकतले साेही वर्ष बेघर हुनुपर्याे । 

तस्विरः दमाकश (दमिश्क) को एटेम क्याम्पबाट, भास्कर डट कमकाे सहयाेगमा ।

गाउँ सहर डेस्क

तपाईँको मत