गाउँ सहर

विश्वभर काेराेना संक्रमितमध्ये ४५ लाख निकाे, ४ लाख ५६ हजार जनाकाे मृत्यु

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४५ लाख १३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८५ लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ५६ हजार २६९ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३५ लाख ५३ हजार ३४ जनामा सक्रिय केशमध्ये ५४ हजार ४८६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २२ लाख ६३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख २० हजार ६६८ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ३० हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३ लाख ८१ हजार नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  १२ हजार ६०४ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख ५ हजार १८२ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ७ हजार ८४८ पुगेको छ भने १ हजार १८६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २२ पुगेको छ भने ६ हजार ६४० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत