विश्व

हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण डब्लुएचओले पुनः रोक्यो

  • एजेन्सी
  • ४ असार बिहीबार, २०७७ | ०८:३९:०० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षणमा पुनः रोक लगाएको छ ।

द लानसेट जर्नलमा केही समयअघि प्रकाशित अनुसान्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीलाई सहयोग गुर्नको साटो मृत्युको जोखिम बढाउने र गम्भीर खालको मुटु सम्बन्धी समस्या हुने देखिएपछि डब्लुएचओले मानवीय परीक्षणमा रोक लगाएको थियो ।

तर सो अनुसन्धान प्रतिवेदनको तथ्यांकमा कमजोरी देखिएको भन्दै लानसेटले अनुसन्धान प्रतिवेदन फिर्ता लिएपछि डब्लुएचओले पुनः हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरु गरेको थियो ।

फेरि डब्लुएचओले विभिन्न देशमा गरिएका प्रयोगमा कोरोना भाइरसका संक्रमितको उपचारमा कुनै सहयोग वा फाइदा नपुगेको देखिएकाले हाइड्रोक्सिक्लारोक्वीनको परीक्षण रोकिएको बताएको छ ।

एजेन्सी

तपाईँको मत