स्वास्थ्य

काेराेनाभाइरस : छिमेकी देशमा खतराकाे घण्टी, हामी थप सचेत बन्ने हाे कि !

काठमाडाैँ । छिमेकी देश भारतमा विज्ञले अहिलेनै कोरोना चरम चरणमा नपुगेको र पछिल्ला दिनमा ५ राज्यमा भेन्टिलेटर्स र आइसीयू कमी हुने बताएसँगै नेपालमा थप सचेत हुनपर्ने देखिएको छ ।

भारतको नजिकको खुला सिमानामा अवस्थित नेपालमा भारतमा अत्यधिक बढिरहेको कोरोना संक्रमण र विज्ञले यस्तो चेतावनी दिनु अनि नेपालमा दैनिक ५०० को हाराहारीमा संक्रमित थपिनुले थप सजग हुनुपर्ने देखिएको हो ।

भारत अहिले विश्वकै चौथो संक्रमित देश बनेको छ । फेरि विज्ञले भारतमा चरम अवस्थामा कोरोना नपुगिसकेको बताएसँगै झनै जोखिम अवस्था आउनसक्ने आंकलन गर्न सकिन्छ । क्याविनेट मिटिंगको दौरानमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न मन्त्रीहरुले अवस्था विग्रँदै गएको जानकारी गराएका थिए । विशेष गरी दिल्लीको हालत अत्यन्तै विग्रँदै गएको उनीहरुले प्रमलाई जानकारी गराएका थिए । जहाँ ५ लाख बढी संक्रमित पुगिसकेका छन् ।

भारत तथा नेपालमा लकडाउन खुकुलो भएसँगै सीमाबाट फर्कने नेपालीको संख्या अत्यन्तै बढ्नु र सो अनुसारको व्यवस्थापन नहुँदा नेपालका संक्रमितको संख्याले ७३ जिल्ला पुगिसकेको छ । अहिलेसम्म ७१७७ केश देखिएको छ । आजमात्रै ५८६ नयाँ केश थपिएका छन् । अहिलेसम्म भाइरसका कारण २० जनाको ज्यान गइसकेको छ भने १,१६७ जना निको भएका छन् । वल्र्डोमिटर्सको रेंक अनुसार नेपाल ७० नम्बरमा छ भने भारत ४ नम्बरमा छ । भारतमा भाइरसका कारण १२,०२८ ले ज्यान गुमाएका छन भने ३,५९,३९८ जना संक्रमित भएका छन् । तर रिकभरको अवस्था भने भारतको सबैभन्दा राम्रो अवस्थामा छ । अहिलेसम्म १,८७,७१८ जना निको भएका छन् ।

ठूलो देश भाइरसबाट अत्यन्तै संक्रमित बन्दै गएको र त्यहिँ बाट नेपाल फर्केका नेपालीमा भाइरसको संक्रमण बढ्दै जाँदा सर्वत्र चिन्ता थपिएको छ भने उचित व्यवस्थापन नहुँदा क्वारेन्टाइनमासमेत बलात्कारका घटनाहरु देखिएका छन् । बजार खुलेको छ अनि निजी सवारीसाधन, अत्यावश्यक साधन चल्नाले भिड बढेको छ । सुरक्षाको उपाय अवलम्बन गरिएपनि सबैकेन्द्रित र पहुँचयोग्य नदेखिँदा कतै भाइरसले ठूलो महामारीको रुप त लिँदैन भनेर चिन्ता थपिदिएको छ ।

स्वास्थ्यलगायतका क्षेत्रमा कमजोर स्तरका हामी महामारी थप जटिल बन्दै जानसक्ने देखिन्छ । यो अवस्थामा हामीसँग भएको पूर्वाधारले हामीलाई धान्न पक्कै सक्ने छैन । हामीभन्दा २४ गुणा नै ठूलो भारतले अब विरामी अस्पतालमा भर्ति गर्नसक्ने अवस्था कम हुँदै गएको परिपेक्षमा हामी कसरी तयारी हुन सक्छौँ ? सम्झनै डरलाग्दो छ ।

यसकारण संक्रमितमा तत्कालै पुग्नु र थप उपचार तथा सुविधा बढाएर समुदायमा फैलन रोक्न सकिएमात्र हामी सुरक्षित बन्न सक्छौँ । यसको लागि लकडाउन खुल्यो भन्दै हामी एकैक्षणमा दुःख भूल्नलाई एक इन्चपनि कमजोरी नगरौँ । उफ्रिएर हाँस्ने र छातिको टाँक खोलेर हिँड्ने अवस्था हाम्रो छैन । सेकेण्डमा जोखिम बढ्दै गएको छ । सबैले सावधानीका साथ जीवन चलाउनुपर्ने देखिएको छ । सवारी, सडक, दोकान, मल, बैंक तथा वित्तीय संस्था, सार्वजनिक स्थलजस्ता अनेकन क्षेत्रमा दुरी र शारीरिक सुरक्षा अपनाएर मात्र काम गरौँ जसले गर्दा संक्रमण फैलन पाउँदैन । सावधानीका साथ पाइला चालौँ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत