गाउँ सहर

विश्वभर काेराेना संक्रमित ८२ लाख ५६ हजारभन्दा बढि, निकाे हुने ४३ लाख नाघे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४३ लाख ६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८२ लाख ५६ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ४५ हजार ९५९ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३५ लाख ४ हजार ३४० जनामा सक्रिय केशमध्ये ५४ हजार ५९४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २२ लाख ८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १९ हजार १३२ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ३ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३ लाख ५४ हजार पुगेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  ११ हजार ९२१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ८७ हजार ५५२ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ६ हजार ५९१ पुगेको छ भने १ हजार १५८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २० पुगेको छ भने ५ हजार ४१४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत