स्वास्थ्य

बेइजिङ्गमा फैलियो संक्रमण, पुनः स्कूल बन्द गर्ने आदेश

काठमाडौँ । संसारभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४,४३,७७७ पुगेको छ । यस्तै संक्रमितको संख्या ८२,०५,९८८ पुगेको छ भने यसलाई जित्नेको संख्या पनि बढेर ४२,७८,६०५ पुगेको छ ।

तर संक्रमण घटेका देशहरूमा पुनः दाेस्राे लहर देखिन थालेकाे छ ।

केहि महिनाबाट शान्त रहेको बेइजिङ्गमा कोरोनाको अर्को लहर देखिएको छ । त्यहाँ पछिल्लो चार दिनमा १०६ नयाँ केश आएका छन् । त्यहाँ सबै इन्डोर स्पोर्टस कम्प्लेक्स, थिएटर र सिनेमा हल अर्को आदेश नआइन्जेलसम्मका लागि बन्द हुनेछन् । साथै प्रशासनले स्कूल बन्द गर्नेपनि आदेश दिएको छ । थप संक्रमितको संख्या बढेलगत्तै बेइजिङ्गमा कुल ४६ हजारको परीक्षण गरिँदैछ ।

यसरी बेइजिङ्गमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि स्थानीय प्रशासनले थप कडाई गरेको छ । शहरका केहि भागमा लकडाउन लगाएको छ । सबै आन्तरिक व्यवसायहरु बन्द गरिएका छन् । परीक्षणको दायरा बढाइएको छ । आइतबार र सोमबारमात्रै २० हजार बढीको परीक्षण गरिएको स्थानीय समाचार संस्थाले जनाएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण सकिएका देशहरु चीन, न्यूजील्याण्डजस्ता देशहरुमा क्रमशः दोस्रो लहर देखिन थालेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत