प्रेरणा

बढ्दो आत्महत्या, डिप्रेसन हटाउने यी ५ मन्त्र !

काठमाडौँ । पछिल्लो समय आत्महत्या झनै बढेको छ । हुँदाहुँदा कोरोना र लकडाउनले पनि यसको संख्यामा बढोत्तरी गराएको छ । आत्महत्यासँग सामाजिक र व्यक्तिगत दुबै कारणहरु जोडिने गरेका छन भने सोहिअनुसारको व्याख्या पनि समाजशास्त्री र मनोवैज्ञानिकले गर्दै आएका छन् ।

जीवनमा यस्ता कयौँ घटना हुन्छन जसले कुनैपनि व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्याइरहेको हुन्छ । जसले कुनैपनि व्यक्तिलाई भित्रभित्रै पिरोलिइरहेको हुन्छ । फेरी आत्महत्या ठूलाका चर्चा हुन्छन यो समाजमा अनि सानाका यसै हराएर जान्छन् ।

तपाईंले कत्तिको विचार गर्नुभएको छ कि प्रायः आत्महत्यासँग डिप्रेसन जोडिएको पाइन्छ । यसकारण पनि यो डिप्रेसनबाट मुक्त हुनुपर्नेमा कसैको दुइमत रहँदैन । आउनुहोस् जानौँ डिप्रेसनबाट कसरी मुक्त रहने ?

हामी यी प्रयास किन नगर्ने, जसले डिप्रेसन टाढा भगाउँछ ।

  1. सकारात्मक बन्नुहोस्ः डिप्रेसनको उपचारमा सबैभन्दा राम्रो भनेको सकारात्मक बन्नु हो । सोच्ने, बोल्ने र ग्रहण गर्ने तरिकामा सकारात्मकता देखाउनुहोस् ।
  2. राम्रोसँग सुत्नुहोस्ः आठघण्टा सुत्नु जरुरी हुन्छ । निन्द्रा पुरा भए दिमाग तन्दरुस्त हुन्छ र नकारात्मकता हटेर जान्छ ।
  3. जीवनशैलीमा योग समावेस गर्नुहोस्ः ध्यान र योगले मानिसलाई शान्ति दिन्छ भने शरीर फुर्तिलो र निरोगी बनाउँछ ।
  4. साथीसँग कुरा गर्नहोस्ः साथीभाइ तथा परिवारसँग कुरा गर्नुहोस् । दुःख-सुख साझा गर्नुहोस् ।
  5. खानपिनमा परिवर्तन गर्नुहोस्ः डिप्रेसन भगाउन तपाईंको खानपानले बढी भूमिका खेल्दछ । फास्ट फूडको सेवनबाट बच्नुहोस र पोषिलो खानेकुरामा जोड गर्नुहोस् ।
     

गाउँ सहर डेस्क

तपाईँको मत