गाउँ सहर

विश्वभर ८१ लाख १२ हजारभन्दा बढि काेराेना संक्रमित, ५४ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४२ लाख १३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८१ लाख १२ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख ३९ हजार ५१ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३४ लाख ६० हजार ३३६ जनामा सक्रिय केशमध्ये ५४ हजार ५७० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २१ लाख ८२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १८ हजार २८३ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ८९ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३ लाख ४३ हजार पुगेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  ९ हजार ९१५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ८० हजार ३२० जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ६ हजार २११ पुगेको छ भने १ हजार ४१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १९ पुगेको छ भने ५ हजार १५१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत