विश्व

गुजरातमा ५.५ रेक्टरको भूकम्प

  • एजेन्सी
  • ३२ जेठ आइतबार, २०७७ | २१:४९:०० मा प्रकाशित

गुजरात, भारत । गुजरातमा आइतबार राति स्थानीय समय ८ बजेर  १२ मिनेटमा ५.५ रेक्टरको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र राजकोटबाट १२२ किमी टाढा थियो । 

भूकम्पको झट्का राजकोटको अलावा जामनगर, सुरेन्द्रनगर र जूनागढमा महशुस गरिएको थियो ।

भूकम्पबाट क्षतिको विवरण अहिलेसम्म आएको छैन ।
 

एजेन्सी

तपाईँको मत