विश्व

‘ट्रम्प मेक अमेरिका ग्रेट अगेन’ नाराका साथ चुनाव जित्न चाहन्छन, जिनपिंग चीनको इमेज सुधार्ने कोशिशमा

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको सामुन्ने अमेरिकामा बढिरहेको कोरोना केशलाई रोक्ने, अश्वेत जोर्ज फ्लोइडको पुलिस हिरासतमा मृत्यु भएपछि भड्केको प्रदर्शन साम्य पार्न र यो वर्ष हुने राष्ट्रपतिय चुनावको लागि रणनीति तय गर्ने चुनौति छन् । 

उता, वुहानबाट फैलिएको कोरोनाभाइरसको कारण राष्ट्रपति सी जिनपिंगको सामुन्ने देशको इमेज सुधार्ने चुनौति छ ।

ट्रम्प आफ्नो घरमा नै चुनौतिसँग जुधिरहेका छन्

ट्रम्पको लागि सन् २०२० को अहिलेसम्मकै ठूलो घटनाले घेरेको छ । यो वर्ष अमेरिकाले आइएसआइएसको सफाया गर्यो । सीरियामा रुसको दवाब रोक्यो । इरानलाई हटायो । तर ट्रम्प अहिले घरकै फर्स्ट पोलिसीमा चुकिरहेका छन् । कोरोना र जोर्ज फ्लोइड घटनाले ट्रम्पको लागि चुनाव जित्नु त्यति सजिलो छैन ।

ट्रम्प पहिले कोरोनालाई महामारी मान्न तयार थिएनन्

जनवरीमा ट्रम्पले कोरोना महामारी मान्न इन्कार गरेका थिए । कोभिड-१९ लाई सामान्य भाइरस बताएका थिए । त्योबेला उनी मास्क लगाउने कुरामा विरोध गर्दथे । किटनाशक औषधिबाट भ्याक्सिन बनाउने कुरा गर्दैथिए । यहि कारण देश तथा विदेशमा उनको मजाक उडाइएको थियो ।

त्यसपछि उनले रणनीति बदले

राष्ट्रपति ट्रम्पले आफ्नो रणनीतिमा अहिले परिवर्तन गरेका छन् । अमेरिकामा आक्रमक सोच राख्ने समुहको सहयोग राख्नको लागि ट्रम्प मागा अर्थात ‘मेक अमेरिका ग्रेट अगेन’ ले यो चुनावको नारा बनाएको छ । उसले अमेरिकालाई प्राप्त भएको प्रगतिको मुद्धा उठाइरहेको छ । उसले चाइना कार्ड खेलिरहेको छ । उनका अनुसार चीन उनीहरुलाई हराउनको लागि अनेक कारण रचिरहेको छ ।

ट्रम्पको पहिलो र्याली १९ जूनमा

ट्रम्प ओकलाहोमामा १९ जूनमा आफ्नो पहिलो र्याली गर्नेछन् । यो स्थान ट्रम्पको गढ मानिन्छ । ट्रम्पले जेसन मिलरलाई आफ्नो क्याम्पेनको चीफ एडभाइजर बनाएका छन् । मिलर डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बिडेन र उनका छोरा हन्टर बिडेनको चीनसँग सम्बन्ध रहेको कुरा गर्नेमा समावेश छन् ।

ट्रम्पको लागि अवस्था मुश्किल छ । सेप्टेम्बरसम्म कोरोना समाप्त हुने देखिँदैन । ३ नोभेम्बरबाट इलेक्शन प्रोसेस सुरु हुनेछ । उनको सामुन्ने खतरा यो छ कि उनका विरोधी धेरै बलियोसँग भोटिंग गर्न सक्छन् ।

संसारको नेता बन्ने दौडमा जिनपिंगको इच्छामा ब्रेक

६७ वर्षका जिनपिंग माओ जेडोंग तथा चाउ एन लाईपछिका सबैभन्दा तौलदार नेता मानिन्छन् । चीनकोे नीतिको पहिलो हिस्सा साम्राज्यवाद थियो । दोस्रो, मेनुफेक्चरिंग र तेस्रो, ग्लोबल मार्केटमा कब्जा गर्नु । यसको जिम्मेदारी अब जिनपिंगमा छ । कोरोनाले चीनको इमेज (प्रतिष्ठा) खराब भयो, तर जिनपिंग यो अवस्थालाई सुधार्न चाहन्छन् ।

संसारको लागि चीन राम्रो हुन खोज्दैछ

विभिन्न मुद्धामा अदृश्यसँग गढेको इमेजलाई ढाकछोप गर्दै उ संसारभर राम्रो हुन खोज्दैछ । अधिकांशत देशहरु चीनबाट निर्भर छन् । उसको व्यापार विश्व्यापी भएको छ ।

तर कोरोना रोक्न नसकेको भन्दै यूरोप उप्रति रिसाएको छ । जर्मनी र फ्रान्सपनि चीन विरोधी मोर्चामा अमेरिकाको साथमा उभिएका छन् ।

अमेरिकासँग उसको ट्रेड वार छ । यहिकारण पनि चीनले यो दुइवर्षमा ७० करोड डलरको व्यापार गुमाएको छ ।

जिनपिंगको नयाँ नीति कस्तो होला ?

सीरिया विवादमा चीनको कार्यलाई सामान्यीकरण गर्नमा सक्षम रह्यो । यसले संसारभर उसको तारिफ भयो । हुन सक्छ कि अब चीन भारतको साथ सीमा विवाद कम गर्छ अनि पाकिस्तानको आतंकवाद मुद्धामा यूएनमा समर्थन गर्न रोक्नेछ ।

यूरोप र भारतका बजारमा भएको नोक्सानी पुर्ताल गर्न चीन अब अफ्रीकी देशमा केन्द्रित हुन सक्छ । जोन हप्किन्स स्कूल अफ इन्टरनेशनल स्टडीजका अनुसार, बितेका ५ वर्षमा चीनले अफ्रीकी देशसँग व्यापार १२० अर्ब डलरबाट बढाएर १८५ अर्ब डलर पुर्याएको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत