गाउँ सहर

विश्वभर काेराेनाका परास्त गर्नेकाे संख्या ३९ लाख ५६ हजार जना भन्दा बढि

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३९ लाख ५६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७७ लाख ३२ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख २८ हजार २४८ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३२ लाख ९४ हजार ५१८ जनामा सक्रिय केशमध्ये ५३ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २१ लाख १६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १६ हजार ८२५ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ४१ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९ लाख ९ हजार ६०३ पुगेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  ८ हजार ८९० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ५४ हजार २३१ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ५ हजार ६२ पुगेको छ भने ८७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १६ पुगेको छ भने ३ हजार १६९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत