स्वास्थ्य

काेराेना महामारीबाट अब टरिएला त ! माेडेर्ना भ्याक्सिन परीक्षणकाे अन्तिम चरणमा

[खोपको डोज लिन ३० हजार मानिस सहभागी हुने]

Photo: geneticliteracyproject

वाशिंगटन । औषधि उत्पादक कम्पनी मोडेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोपको विस्तारित वृहत परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी गरेकाे छ ।

कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले उसले बनाएको खोपको दुई चरणको परीक्षणमा सकारात्मक नतिजा आएको छ ।

सम्भावित खोप सुरक्षति र प्रभावकारी देखिएका छन् । सो खोपको वृहत परीक्षण अर्थात अन्तिम चरणको परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको मोडेर्नाले बिहीबार बताएको हो ।

तेस्रो चरणको परीक्षणमा स्वतन्त्र रुपमा खोपको डोज लिन तयार भएका ३० हजार मानिस सहभागी हुने उसले बताएकाे छ ।

मासाचुसेट्सको क्याम्ब्रिजमा रहेको बायोटेक कम्पनी मोडेर्नाले यो चरणको अध्ययनको प्राथमिक उद्देश्य कोरोना भाइरसका कारण लाग्ने लक्षण युक्त कोभिड १९ बाट जोगाउने रहेको जनाएको छ । यस्तै गम्भीर रोग लाग्नबाट जोगाउने र मानिसलाई अस्पताल जान पर्ने अवस्था नआउने बनाउनु अर्को उद्देश्य रहेको मोडेर्नाले जनाएको छ ।

अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको कम्पनीले जनाएको छ । यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने  पनि जनाइएको छ ।

मोडेर्नाले प्रति वर्ष खोपको ५० करोड जोड आपूर्ति गर्ने र सम्भव भएसम्म सन् २०२१ को सुरुसम्ममा प्रति वर्ष एक अर्ब जोड उत्पादन गर्न सक्ने गरी काम भइरहेको उल्लेख गरेको छ । स्वीडिस औषधि उत्पादक लोन्जासँगको सहकार्यमा मोडेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको हो ।

तेस्रो चरणको परीक्षणका लागि चाहिने सबै खोप उत्पादन भइरहेको कम्पनीले जनाएकाे छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत