गाउँ सहर

विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ७५ लाख ९५ हजार नाघ्दा भारत चाैथाे नम्बरमा

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३८ लाख ४१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७५ लाख ९५ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख २३ हजार ८१९ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३३ लाख ३० हजार ७३२ जनामा सक्रिय केशमध्ये ५३ हजार भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २० लाख ८९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १६ हजार ३४ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख १६ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ९८ हजार २८३ पुगेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा चाैथाे नम्बरमा छ । संक्रमित मध्ये  ८ हजार ५०१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ४६ हजार ९७२ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ४ हजार ६१४ पुगेको छ भने ८६१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १५ पुगेको छ भने ३ हजार ७३८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत