स्वास्थ्य

कोरोनाको १००० कण भित्र जान्छ, तब संक्रमित भइन्छ; सतहलाई छुँदा गम्भीर खतरा छैन

वाशिंगटन । अमेरिकी स्वास्थ्य संस्था एजेन्सी सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाभाइरसलाई लिएर केहि नयाँ अपडेट जारी गरेको छ । 

सीडीसी वेभसाइटका अनुसार कोरोनाभाइरस विशेषगरी मान्छेदेखि मान्छेमा फैलन्छ । यो संक्रमण कुनै सतहलाई छुँदा सजिलैसँग हुँदैन । 

एजेन्सीको अनुसार, कुनैपनि दूषित सतह वा संक्रमित जनावर भाइरस फैलाउनको मुख्य कारण लागिरहेको छैन । सीडीसीका प्रवक्ता क्रिस्टन नोर्डलंडका अनुसार यो परिवर्तन इन्टर्नल रिभ्यू र टेस्टिंगपछि गरिएको हो ।

पहिले बताइएको थियो सतहबाट फैलनसक्छ भाइरस

सीडीसीको वेवसाइटको पुरानो भर्सनमा भनिएको थियो कि एक व्यक्ति भाइरसयुक्त सतह छोएपछि आफ्नो नाक, मुखलाई छुँदा कोभिड-१९ को शिकार हुनसक्छ । तर यो भाइरस फैलने मुख्य कारण होइन, तर हामी यो भाइरसको बारेमा अहिले जानकारी जुटाइरहेका छौँ ।

जोखिम कहाँ कति ?

स्वास्थ्य संस्थाका अनुसार दुरी कायम राख्दा लो रिस्क, मास्क लगाएर बातचित गर्दा लो रिस्क, नजिकबाट हिँड्दा लो रिस्क, भेन्टिलेशन भएको स्थानमा लो रिस्क, सामान किन्दा रिस्क, इन्डोर एक्टिभिटी हाई रिस्क, पब्लिक बाथरुम रिस्क, रेष्टुरेन्ट हाई रिस्क, काम गर्ने स्थान वा स्कूल भेरी हाई रिस्क, समारोह विवाह भेरी हाई रिस्क, कन्फरेन्स भेरी हाई रिस्क, कन्सर्ट सिनेमा भेरी हाई रिस्क रहेको बताइएको छ ।

विज्ञले परिवर्तमाथि चिन्ता व्यक्त गरे

सीडीसीको वेवसाइटमा परिवर्तनपछि विज्ञ चिन्तित छन् । कोलम्बिया यूनिभर्सिटी मेलमैन स्कूल अफ पब्लिक हेल्थमा भायरोलोजिस्ट एंजेला साममुसेन भन्छिन्— यो महामारीमा एक चिन्ता जुन लगातार भइरहेको छ सरकारको तर्फबाट क्लियर मेसेजिंगको । वेवसाइटमा परिवर्तन यो कुराको उदाहरण हो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत