गाउँ सहर

विश्वभर ३७ लाख ३३ हजार काेराेनाबाट निकाे, संक्रमितमध्ये ५३ हजार भन्दा बढिकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३७ लाख ३३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७४ लाख ५१ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख १८ हजार ८९१ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३२ लाख ४४ हजार ८५४ जनामा सक्रिय केशमध्ये ५३ हजार भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २० लाख ६६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १५ हजार १३० जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ८ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ८७ हजार १५५ नाघेर विश्वकाे छैठाैँ नम्बरमा छ । संक्रमित मध्ये  ८ हजार १०७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ४० हजार ९७९ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ४ हजार ३६४ पुगेको छ भने ६७४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १५ पुगेको छ भने ३ हजार ६७५ जना उपचाररत छन्  । 

 

गाउँ सहर डेस्क

तपाईँको मत