प्रविधि

संक्रमणबाट बचाउनको साथै होटलको अर्थव्यवस्थालाई ट्र्याकमा ल्याउँछ ‘सर्भिस रोबोट’

ब्रिटिश शोधकर्ताको दावी- यसले सुरक्षाको विश्वास दिलाउँछ

काठमाडौँ । सर्भिस रोबोट संक्रमणबाट बचाउनको साथै होटलको अर्थव्यवस्था ट्र्याकमा ल्याइने छ । रोबोटको माध्यमबाट सर्भिस दिनेवाला होटलहरुमा कोभिड-१९ को असर द्रूत गतिमा घट्ने छ । महामारीको कारण मन्दिसँग जुधिरहेका होटलहरुमा ग्राहकको संख्या बढ्ने छ । सर्भिस रोबोटमा दिइने सुविधामा बढोत्तरी गर्नेछ र त्यसको उत्पादन क्षमता पनि बढाउने छ । यो निष्कर्श ब्रिटेनको सरी यूनिभर्सिटीको अध्ययनबाट उजागर भएको छ । महामारीको समयमा सर्भिस रोबोट र होटलको व्यापारसँग जाडिएको यो पहिलो अध्ययन हो ।

रोबोटको सोशल डिस्टेन्सिङ्ग मोडल सुरक्षित साबित हुनेछ

शोधकर्ताका अनुसार रोबोटबाट सर्भिस पाइने हुनाले ग्राहक सुरक्षित महशुष गर्दछन र ग्राहक बढ्दा होटलको अर्थव्यवस्थालाई ट्र्याकमा ल्याउने आशा छ । विशेषगरी ति होटलहरु जसमा महामारीको सबैभन्दा बढि असर भएको छ । शोधकर्ताले १९ होटलको मानव संशाधन विभागसँग कुरा गरेर यस्तो नयाँ प्रवृत्तिको जानकारी लिए जुन पछिल्ला १० वर्षमा उचोदरमा तंग्रने छ । सर्भिस रोबोट त्यसैको एक हिस्सा हो ।

चुनौतिपनि बढ्ने छ 

शोधकर्ताका अनुसार सर्भिस रोबोट होटलका सुविधाको क्षमता बढाउँछ तर चुनौतिपनि थपिने छ । जस्तै खर्च बढ्ने छ, सीपमा असर पर्नेछ र होटलले आफ्ना कर्मचारीको संगठनमा परिवर्तन गर्नुपर्नेछ ।

संक्रमणबाट बचाउने सुविधामा केन्द्रित हुनेछ

कन्टेमपोररी हस्पिटालिटी मेनेजमेन्ट जर्नलमा प्रकाशित अध्ययनमा शोधकर्ता ट्रेसी शू का अनुसार, सर्भिस सेक्टरमा नयाँ र मनछुने तरिकाबाट सुविधा दिनेमा केन्द्रित भइरहेको छ ताकि मानवलाई कम भन्दा कम समावेश गरियोस् । महामारीको यो समयमा सर्भिस रोबोट होटल इन्डस्ट्रीमा बढिरहेको छ । यो समयबाट शिक्षा लिँदै पछाडिपनि सुविधामा केन्द्रित हुनेछ ताकि संक्रमणको खतरा कम रहोस् ।

महामारीभन्दा पहिले सुरु भएको थियो यो चलन

लिजर होटल्स ग्रूपका डाइरेक्टर विभास प्रसादले भनेका छन्— हस्पिटालिटी र क्याटरिंग इन्डस्ट्रीमा रोबोट्सको प्रयोग कोभिड-१९ महामारीभन्दा पहिले नै सुरु भएको थियो । जस्तै अमेरिकाको बोस्टर्नस्थित स्पाइस रेष्टुरेन्टमा रोबोटले खाना बनाउँछ । सैन फान्सिस्कोमा रोबोट्सले बर्गर तयार गर्दछ । छुट्टा छुट्टै लेभलमा यसको प्रयोग गरिरहेका छन् । महामारीपछि यसको ट्रेन्डले बजार तात्नेछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत