गाउँ सहर

विश्वभर काेराेना संक्रमितकाे संख्या ७३ लाख ७८ हजार नाघ्याे, नेपालमा पनि दिनहुँ बढ्दै

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३६ लाख २ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७३ लाख ७८ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख १३ हजार ६४८ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३२ लाख ४७ हजार ८७४ जनामा सक्रिय केशमध्ये ५४ हजार भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २० लाख ४५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १४ हजार १४८ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ८८ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ७६ हजार १४६ नाघेर विश्वकाे छैठाैँ नम्बरमा छ । संक्रमित मध्ये  ७ हजार ७५० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ३४ हजार ६७० जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ४ हजार ८६ पुगेको छ भने ५८४ जना निको भइसकेका छन् ।  मंगलबार एक जनाकाे मृत्यु काेराेनाबाट भएकाे पुष्टिसँगै अहिलेसम्म मृतकको संख्या १५ पुगेको छ भने ३ हजार ४८७ जना उपचाररत छन्  । 

नेपालमा मंगलबार २४ घण्टामा ३२३ सङ्क्रमित थपिए । कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

हालसम्म  कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१  वटा नमुना  संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत