स्वास्थ्य

डब्लूएचओले भन्यो- यो कुनैपनि देशको लागि कोशिशबाट पछाडि फर्कने समय होइन

[विश्वमा पछिल्ला ९ दिनमा दैनिक एकलाख भन्दा बढी केश]

अफ्रीकन स्कूलमा विद्यार्थीलाई सेनिटाइजर लगाउँदै कर्मचारी । एजेन्सी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार संसारभरका देशमा कोरोनाभाइरसलाई लिएर थप सतर्क रहन सल्लाह दिएको छ । 

डब्लूएचओका प्रमुख टेड्रोस गेब्रेयेससले भने, ‘पछिल्ला १० दिनमा ९ दिन एकलाख भन्दा बढी केश आएका छन् । भाइरससँग लडेको ६ महिना भइसकेको छ, तर खतरा टरेको छैन । यो समय कुनैपनि देशको लागि कोशिशबाट पछाडि फर्कने समय होइन ।’

ट्रेडोसले भने— जुन देशमा स्थिति सुध्रिरहेको छ त्यहाँ अब सबैभन्दा ठूलो चुनौति यसबाट जोगाउन नियमको पालना गराउनु छ । यसबाट बच्नको लागि सार्वजनिक स्थानमा मास्क लगाउनु जरुरी छ । एक नयाँ अध्ययनबाट मास्क संक्रमण रोक्न मद्यतकारी रहेको खुलेको छ ।

उनले भने, ‘संसारभरमा ७ जूनमा १ लाख ३६ हजार केश आएका छन् । यो एक दिनमा संक्रमणको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यसमा ७५% अमेरिका र दक्षिण एशियाली देशमा छन् । डब्लूएचओ संक्रमण प्रभावित देशको मद्यत गरिरहेको छ । यसमा ११० देशमा ५० लाख सुरक्षा उपकरण पठाइएको छ । पछिल्ला दिनमा १२६ देशमा १ करोड २९ लाख पीपीई किट पठाउने योजना छ ।’

ट्रेडोसका अनुसार, यूरोपमा स्थिति सुध्रिरहेको छ । पहिले संक्रमणको इपिसेन्टर पूर्व एशिया थियो । यसपछि यूरोपमा तेजीसँग फैलियो । अहिले यसको स्थान अमेरिकाले लिएको छ । यूरोपियन देशमा अहिले अवस्था सुध्रिरहेको छ तर संसराका दोस्रो भागमा अवस्था विग्रिएको छ । खासगरी अफ्रीकी देशमा यो भाइरस उचाे दरमा बढिरहेको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत