गाउँ सहर

विश्वभर काेराेनाबाट संक्रमितमध्ये ४९ प्रतिशतभन्दा बढि निकाे भइसके

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । संक्रमितमध्ये ४९ प्रतिशत निकाे भइसकेकाे छन् । 

हालसम्म विश्वभर निको हुनेको संख्या ३५ लाख ३५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७१ लाख ९३ हजार ९८८ सय नाघेको छ भने मृतकको संख्या ४ लाख ८ हजार ६२८ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३२ लाख ४९ हजार ८६९ जनामा सक्रिय केशमध्ये ५३ हजार ७ सय भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । २० लाख २६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १३ हजार ५५ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ७३ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ६५ हजार ९२८ नाघेर विश्वकाे छैठाैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ७ हजार ४७३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख २९ हजार ९५ जना निको भएका छन् ।

नेपालमा भाइरसको संक्रमण ३ हजार ७ सय ६२ पुगेको छ भने ४८८ जना निको भइसकेका छन् ।  साेमबार विहान एक जनाकाे मृत्यु भएसँगै अहिलेसम्म मृतकको संख्या १४ पुगेको छ भने ३ हजार २६० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत