प्रविधि

१४० बढी वैज्ञानिकले मार्क जुकरबर्गलाई पत्र लेखे, भने- फेसबुकमा गलत सूचना रोक्नुहोस् 

[ट्रम्पको हिंसा बढाउने खालका पोस्टपनि रोक्नुहोस्]

फाइल तस्विर ।

सनफ्रान्सिस्को । १४० भन्दा बढी वैज्ञानिकले फेसबुका सिइयो मार्क जुकरबर्गलाई पत्र लेखेका छन् । पत्रमा भनिएको छ— फेसबुकमा राष्ट्रपति ट्रम्पलाई काबूमा राख्नुहोस् ।

उनीहरुले जुकरबर्गलाई फेसबुकमा गलत सूचना र ट्रम्पको हिंसा बढाउने खालका पोस्टलाई रोक्नको लागि भनेका छन् । यी ति वैज्ञानिकहरु हुन, जसले मार्क जुकरबर्गको कम्पनी ‘चान जुकरबर्ग इनिशिएटिभ (सिजेडआई)’ लाई फंडिंग गर्दछन् ।

अमेरिकी न्यूज वेवसाइट द वर्जका अनुसार, वैज्ञानिकले जुकरबर्गलाई चिठी लेखेका छन् । यसमा हार्वर्ड र स्टैनफोर्ड यूनिभर्सिटीका प्रोफेसर र नोवेल पुरस्कार विजेतापनि समावेश छन् ।

वैज्ञानिकले भने- फेसबुक आफ्नो नीतिको पालना गरिरहेको छैन

वैज्ञानिकले चिठीमा लेखेका छन्— हामी यो देखेर निराश छौँ कि तपाईंले राष्ट्रपति ट्रम्पको पोस्टमा आफ्नो नीतिको पालना गर्नुभएको छैन । ट्रम्पको हिंसा बढाउने खालको पोस्ट ‘जब लूट सुरु हुनेछ, तब शुटिंग सुरु हुनेछ’ मा केहि गर्नुभएन ।

स्मरण रहोस कि अमेरिकामा अश्वेत नागरिक जोर्ज फ्लोयडको हत्यापछि ठूलो स्तरमा हिंसा र लूटपाट बढेको थियो । यसमा ट्रम्पले धम्की दिँदै लूटपाट गर्नेलाई गोली हान्ने चेतावनी दिँदै यो पोस्ट गरेका थिए । ट्विटरले ट्रम्पको पोस्टलाई हाइड गर्दै उनमाथि एक नोटिस जारी गरेको थियो । ट्विटरले भनेको थियो— हामी हिंसालाई बढवा दिँदैनौँ ।

ट्रम्पसँग सम्बन्धित घटनामा फेसबुकसँग कयौँ कर्मचारी निराश

फेसबुकका कयौँ वर्तमान र पूर्व कर्मचारी कर्मचारीसँग रिसाएका छन् । उनीहरुले ट्रम्पको पोस्टमाथि फेसबुक र उसका तर्फबाट कुनै प्रतिक्रिया नलिएकोमा आलोचना गरेका छन् । कर्मचारीको निराशालाई नजरअन्दाज गर्दै जुकरबर्गले भनेका छन् कि फेसबुक अमेरिका र संसारभरमा नस्लीय (जातीय) हिंसा नियन्त्रण गर्न मद्यत गर्नेछ । यसमा काम सुरु भइसकेको छ ।

२०१५ मा ‘चान जुकरबर्ग इनिशिएटीभ’ को स्थापना भएको थियो

फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानले ‘चान जुकरबर्ग इनिशिएटीभ’ को स्थापना सन् २०१५ मा गरेका थिए । यसको स्थापना जुकरबर्गको छोरी मैक्सिमा चान जुकरबर्गको जन्मदिनमा भएको थियो । यो फेसबुकको एक परोपकारी संस्था हो । यसको काम वैज्ञानिकलाई शोधको लागि फंडिंग उपलब्ध गराउनु हो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत