गाउँ सहर

काेराेनाबाट विश्वभर मृत्यु हुने ४ लाख नाघे, कुल ६९ लाख ७४ हजार संक्रमित, ३४ लाख निकाे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ३४ लाख ११ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६९ लाख ७४ हजार ७ सय नाघेको छ भने मृतकको संख्या ४ लाख २ हजार नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३१ लाख ६१ हजार जनामा सक्रिय केशमध्ये ५३ हजार ५ सय भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १९ लाख ८८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ५१ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ४६ हजार ६२२ नाघेर विश्वकाे छैठाैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ६ हजार ९४६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख १८ हजार ६९५ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण ३ हजार २ सय ३५ पुगेको छ भने ३६५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १३ पुगेको छ भने २ हजार ८५७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत