स्वास्थ्य

डब्लूएचओले भन्यो- दक्षिण एशियाका घना बसोबासमा महामारीको खतरा बढी

काठमाडौँ । संसारमा काेराेना संक्रमितको आंकडा ६८ लाखभन्दा नाघिसकेको छ । झण्डै ३४ लाख निको पनि भएका छन् भने मृतक ४ लाखको नजिक छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एकपटक फेरी दक्षिण एशियाली देशमा महामारीको खतराप्रति चेतावनी दिएका छन् ।

संगठनका अनुसार, यी देशमा बाक्लो बस्ती छ र यसको कारणले यहाँ खतरा बढी छ ।

वर्ल्डाेमिटर्सका अनुसार काेभिड-१९ का कारण विश्वका देश धेरै प्रभावित देशहरुमा क्रमशः अमेरिका, ब्राजिल, रुस, स्पेन, ब्रिटेन, भारत, इटली, पेरु, जर्मनी र तुर्की रहेका छन् ।

डब्लूएचओले भनेको छ— दक्षिण एशियाका घना (बाक्लो) बसोबास रहेको क्षेत्रमा कोभिड-१९ को खतरा छ । संगठनका इमरजेन्सी सर्भिस डाइरेक्टर माइकल रयानले भने, ‘दक्षिण एशियामा केवल भारतमात्र होइन, बंगलादेश, पाकिस्तान र यो क्षेत्रका अर्का देशहरुमा महामारी अहिलेसम्म ठूलो स्तरमा फैलिएको छैन । तर खतरा कायमै छ । जसरी यसको प्रवृत्ति छ, त्यसको हिसावले यो जुनसुकै बेला खतरनाक सावित हुनसक्छ । यसको कम्युनिटी ट्रान्सफर हुन सक्छ ।’ एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत