गाउँ सहर

विश्वभर काेराेना संक्रमित मात्र बढिरहेका छैनन्, ३३ लाख ४८ हजार जना भन्दा बढि त निकाे भइसके

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ३३ लाख ४८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६८ लाख ४४ हजार नाघेको छ भने मृतकको संख्या ३ लाख ९८ हजार १४६ सय नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३० लाख २२ हजार जनामा सक्रिय केशमध्ये ५३ हजार ६ सय भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १९ लाख ६५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ११ हजार ३९१ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ३८ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ३६ हजार १८४ नाघेर विश्वकाे छैठाैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ६ हजार ६४९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख १३ हजार २३३ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण २ हजार ९ सय १२ पुगेको छ भने ३३३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ पुगेको छ भने २ हजार ५३८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत