गाउँ सहर

हालसम्म विश्वभर काेराेनाबाट ३२ लाख ४४ हजार जना निकाे, संक्रमित संख्या ६७ लाख नजिक

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ३२ लाख ४४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६६ लाख ९८ हजार नाघेको छ भने मृतकको संख्या ३ लाख ९३ हजार १४२ सय नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३० लाख ६० हजार जनामा सक्रिय केशमध्ये ५५ हजार ४ सय भन्दा बढि जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १९ लाख २४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १० हजार १७३ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख १२ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख २६ हजार ७ सय नाघेर विश्वकाे साताैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ६ हजार ३६३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख ८ हजार ४५० जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण २ हजार ६ सय ३४ पुगेको छ भने २९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० पुगेको छ भने २ हजार ३३४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत