गाउँ सहर

अहिलेसम्म विश्वभर कोभिडबाट ३१ लाख ६९ हजार जना निकाे, मृत्यु हुनेकाे संख्या ३ लाख ८७ हजार नाघ्याे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ३१ लाख ६९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६५ लाख ६८ हजार नाघेको छ भने मृतकको संख्या ३ लाख ८७ हजार ९५७ सय नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार २९ लाख ५६ हजार जनामा सक्रिय केशमध्ये ५४ हजार २ सय जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १९ लाख १ हजार ७८३ संक्रमित मध्ये  त्यहाँ अहिलेसम्म १ लाख ९ हजार १४२ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ८८ हजार ६७० जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख १६ हजार ८ सय नाघेर विश्वकाे साताैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ६ हजार ८८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख २८९ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण २ हजार ३ सय पुगेको छ भने २७८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ पुगेको छ भने २ हजार १३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत