स्वास्थ्य

हालसम्म काेराेनाबाट विश्वभर ३ लाख ८२ काे मृत्यु, कुल संक्रमित ६४ लाख ७९ नाघ्याे

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ३० लाख ९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६४ लाख ७९ हजार नाघेको छ भने मृतकको संख्या ३ लाख ८२ हजार २ सय नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३० लाख ८७ हजार जनामा सक्रिय केशमध्ये ५४ हजार ५ सय जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १८ लाख ८१ हजार संक्रमित मध्ये  त्यहाँ अहिलेसम्म १ लाख ८ हजार ५९ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ४५ हजार ९७४ जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २ लाख ७ हजार नाघेर विश्वकाे साताैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ५ हजार ८२९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ लाख २८९ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण २ हजार ९९ मा पुगेको छ भने २६६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ पुगेको छ भने १ हजार ८२५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत