विश्व

आठौँ दिनपनि अमेरिका अशान्त, ४० बढी राज्यमा प्रदर्शन र झडप्

  • एजेन्सी
  • २० जेठ मंगलबार, २०७७ | ०९:३०:०० मा प्रकाशित
मृतक जर्जकाे अन्तिम तस्विर । एजेन्सी

वाशिंगटन । अमेरिकामा लगातार आठौँ दिन ४० बढी राज्य र १४० शहरमा प्रहरी र प्रदर्शनकारीबीच संघर्ष जारी छ । सरकारले २१ श्हरमा नेशनल गार्डका जवान तैनाथ गरेको छ । अवस्था यस्तो छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति र धम्कीले भरिएको अपिलले पनि काम गरिरहेको छैन ।

एकातर्फ कोरोनाभाइरसका कारण अमेरिका थिलिएको बेला प्रहरी हिराशतमा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लायडको घटनाले जातीय अशान्ति फैलिएको छ । मानिसहरु अहिले डराइरहेका छन् ।

राष्ट्रपति ट्रम्प आफैँ बंकरमा बसेका छन् । योभन्दा पहिले पूर्व राष्ट्रपति बराक ओबामाले पनि यस्तो मुश्किल अवस्था गुजारिसकेका छन् ।

एजेन्सी

तपाईँको मत