गाउँ सहर

विश्वभर २९ लाखले परास्त गरे काेराेना, संक्रमित ६३ लाख ६६ हजार

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या २९ लाख ३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६३ लाख ६६ हजार नाघेको छ भने मृतकको संख्या ३ लाख ७७ हजार ४ सय नाघेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३० लाख ८५ हजार जनामा सक्रिय केशमध्ये ५३ हजार ४ सय जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १८ लाख ५९ हजार संक्रमित मध्ये  त्यहाँ अहिलेसम्म १ लाख ६ हजार ९२५ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख १५ हजार जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ लाख ९८ हजार नाघेर विश्वकाे छैठाैंँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ५ हजार ६०८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९५ हजार ७५४ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण १८११ मा पुगेको छ भने २२१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ पुगेको छ भने १ हजार ५८२ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत