विश्व

एसियाका दुईसहित विश्वका १२ मुलुकमा छैन काेराेना संक्रमण

काठमाडाैं विश्वभर काेराेना भाइरसका महामारी फैलिरहेकाे भनिरहँदा एसियाली मुलुकसहित १२ मुलुकमा काेराेना भेटिएकाे छैन भन्दा अचम्म लाग्न सक्छ । हाे, विश्वका १२ मुलुकहरूमा काेराेना भाइरस राेग भेटिएकाे सूचना अहिलेसम्म सुनिएकाे छैन । 

अहिलेसम्म पनि कोरोनाले नभेट्टिएकाे मुलुकहरुमा दुई वटा एसियाली देश छन् भने बाँकी ‌‌ओसेनियाका स-साना टापु राष्ट्र हुन् ।

एसियाली मुलुकहरूमा उत्तर कोरिया र तुर्कमेनिस्तान हुन् ।

साढे दुई करोडभन्दा बढी जनसंख्या रहेको उत्तर कोरिया कोरोना नलागेको देशको सूचीमा सबैभन्दा बढी जनसंख्या भएको देश हो । तर यहाँ कोरोना नभएकोमा शंका गरिएको छ । बन्द देश हुनाले भित्रका कुरा खासै बाहिर आउँदैन । आधिकारिक रुपमा उत्तर कोरियाले अहिलेसम्म आफूकहाँ कुनै पनि कोरोना संक्रमण भएको औपचारिक रुपमा बताएको छैन ।

त्यसैगरि, ६० लाख जनसंख्या भएको तुर्कमेनिस्तान पनि उत्तर कोरिया जस्तो तानाशाही व्यवस्था भएको देश हो । त्यहाँ पनि कोरोना फैलिसकेको तर समाचार बाहिर नआएको हुनसक्ने कतिपयकाे अनुमान छ । तर आधिकारिक रुपमा काेराेना संक्रमित भएकाे सूचना सार्वजनिक गरिएकाे छैन । 

अन्य ओसेनियाका टापु मुलुहरू सोलोमन आइल्यान्ड,भानुआटु, समोआ, किरिबाटी, माइक्रोनेसिया, टोंगा, मार्सल आइल्यान्ड, पालाउ, टुभालु र नाउ हुन् ।

गाउँ सहर डेस्क

तपाईँको मत