स्वास्थ्य

विश्वभर काेभिड-१९ बाट संक्रमित ६२ लाख ६३ हजार मध्ये २८ लाख ४६ हजार निकाे भए

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोनाभाइरसकाबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ । हालसम्म विश्वभर निको हुनेको संख्या २८ लाख ४६ हजार ७१३ जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६२ लाख ६३ हजार नाघेको छ भने मृतकको संख्या ३ लाख ७३ हजार ९ सय पुगेको छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ३० लाख ४३ हजार जनामा सक्रिय केशमध्ये ५३ हजार ४ सय जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । १८ लाख ३७ हजार संक्रमित मध्ये  त्यहाँ अहिलेसम्म १ लाख ६ हजार १९५ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख जनामा निकाे भइसकेकाे छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ लाख ९० हजार नाघेर विश्वकाे साताैँ नम्बरमा पुगेकाे छ । संक्रमित मध्ये  ५ हजार ४०८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९१ हजार ८५२ जना निको भएका छन् ।

 नेपालमा भाइरसको संक्रमण १५७२ मा पुगेको छ भने २२० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ पुगेको छ भने १ हजार ३४४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत