विश्व

न्यूजील्यान्डमा काेराेनाभाइरसकाे एकमात्र सङ्क्रमण बाँकी, निमिट्यान्न पार्ने पहिलो देश

  • एजेन्सी
  • १७ जेठ शनिबार, २०७७ | १०:२०:०० मा प्रकाशित

न्यूजील्यान्ड । न्यूजील्यान्डले गएको साता कुनैपनि नयाँ सङ्क्रमण नभएको बताउँदै अब त्यहाँ एकजनामा मात्र कोरोनाभाइरस सङ्क्रमण बाँकी रहेको बताएको छ ।

मार्च २५ मा १०० जनाभन्दा कममा सङ्क्रमण भएको र कसैको पनि मृत्यु नभएको अवस्थामा पूर्ण लकडाउन लागु गरेको न्यूजील्यान्ड भाइरसलाई निमिट्यान्न पार्ने पहिलो देश हुने भएको छ ।

न्यूजील्यान्डमा कुल १,५०० जनामा सङ्क्रमण देखिएको र २२ जनाको मृत्यु भएको थियो ।

गएको महिना न्यूजील्यान्डले कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा विजय प्राप्त गरेको घोषणा गरेको थियो ।

न्यूजील्यान्डमा शुक्रबारदेखि १०० जनासम्म भेला हुन पाइने भएको छ र सेप्टेम्बरमा अस्ट्रेलियासँगको सीमा खोल्ने सम्बन्धमा योजना बनाइँदैछ ।

एजेन्सी

तपाईँको मत