जीवनशैली

बाहिर गएर खानुभन्दा होम डेलिभरीमा जोखिम कम : भाइरस भोजनबाट फैलँदैन, मगाउनुहाेस्-खानुहाेस्

काठमाडौँ । विश्व अहिले कोभिड-१९ का कारण लकडाउनमा छ । लकडाउन विस्तारै खुकुलो हुँदै पनि गएको छ । यो खुकुलोपनासँगै विश्वमा विभिन्न रेष्टुरेन्ट, किराना दोकान, मिठाई पसलले पहिलेको तुलनामा होम डेलिभरीलाई बढवा दिएका छन् ।

नेपालमा पनि अब केहिसमयदेखि यो क्रियाकलापमा वृद्धि छाइरहेको छ, विशेष गरी शहरी र अर्ध्वसहरी क्षेत्रमा । यस्तो तरिकाले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई लिएर विभिन्न प्रश्नहरु तेर्सिएका पनि छन् ।

कुन ठिकः टेकआउट या डेलिभरी ?
रटगर्स यूनिभर्सिटीका फूड साइन्स विशेषज्ञ डोनाल्ड शेफनर भन्छन्, ‘सतहमा संक्रमण फैलने धेरै प्रमाण छन् । भोजनबाट संक्रमण फैलेको कुनै प्रमाण छैन ।’ नर्थ केरोलिना स्टेट यूनिभर्सिटीका फूड सेफ्टी स्पेशलिस्ट बेन चेपमैनका अनुसार— बाहिर खान जानुको सट्टा टेकआउट र डेलिभरी दुबैमा जोखिम कम छ ।

तर, कन्ट्याक्टलेस डेलिभरी थोरै सुरक्षित छ । यसमा व्यक्ति भोजन ढोकामा राखेर जान्छ । अर्डर र पेमेन्ट अनलाइनबाट हुन्छ । कयौँ रेष्टुरेन्ट होम डेलिभरी गर्दैनन् भने टेकआउट अपनाउन सक्छन् । कालोराडो स्कूल अफ पब्लिक हेल्थका प्रो.एलिजाबेथ कार्लटन भन्छिन्— यस्तो स्थानमा नजानुहोस् जहाँ २० भन्दा बढि मानिस पर्खिरहेका हुन्छन् ।

प्याकेजिंगमा कति जोखिम छ ?
प्याकेजिंगबाट खतरा कम छ । यूनिभर्सिटी अफ पिट्सबर्गका पेडियाट्रिशियन डा. जोन विलियम भन्छन्, ‘संक्रमित व्यक्तिले प्याकेटलाई छोएपनि ट्रान्समिशनको खतरा कम हुन्छ । यो त्योबेला हुन सक्छ जब उ आफ्नो हात संक्रमित गर्दछ, प्याकेटलाई छोए र तपाईं सोहि स्थानमा छुनुहुन्छ ।’ फेरिपनि सन्देह छ भने प्याकेटलाई डिसइन्फेक्ट गर्नुहोस् । हात धुनुहोस र भोजनलाई प्लेटमा स्थानान्तर गर्नुहोस् ।

भाँडाकुँडाको बारेमा के हुन्छ ?
भोजन डिस्पोजेबल भाँडाकुँडामा आउँछ । तपाईं घरमा भोजन गर्दैहुनुहुन्छ भने त्यति धेरै डराउनु पर्दैन ।

तपाईंले के अर्डर गर्दा राम्रो ?
यो भनिएको छ कि भाइरस भोजनबाट सर्दैन । यसकारण तपाईंले चाहेको कुरा मगाउन सक्नुहुन्छ । कोर्नेल यूनिभर्सिटीका कोर्नेल फूड वेंचर सेन्टरका डाइरेक्टर ओल्गा पैडिला जोकर भन्छिन्, ‘जोखिम त्यो बेला हुन्छ जब लगातार संक्रमितसँग भेट हुन्छ, भोजनको प्रकारमा हुँदैन । तर तपाईंमा अझै शंका भएमा पुनः तताएर खान सक्नुहुन्छ ।’

त्यसो भए चिन्ता किन ?
कर्मचारीहरुको चिन्ता गर्नुहोस् । जब अर्डर गर्नुहुन्छ तब सोध्नुहोस कि कर्मचारीको सुरक्षा कस्तो छ । उनीहरुले मास्क, पन्जा, सुरक्षित पहिरन लगाएका छन कि छैनन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत