विश्व

तीन हप्तापछि पहिलोपटक सार्वजनिक भए किम जोंग

  • एजेन्सी
  • १२ जेठ सोमबार, २०७७ | १९:५०:०० मा प्रकाशित
फाइल तस्बिर

प्योंगयांग । उत्तर कोरियाका नेता किम जोंगले देशको परमाणु क्षमता बढाउने सम्बन्धमा आइतबार बैठक गरे । उनी तीन हप्तापछि सार्वजनिक भएका हुन् । 

पछिल्लो पटक २० दिन गायव भएका थिए, सो समयमा उनको स्वास्थ्यलाई लिएन अनेक अडकलबाजी गरिए । उनी यसअघि एक कार्यक्रममा १५ अप्रिलमा देखिएका थिए ।

मिडिया रिपोर्टका अनुसार किमले आइतबार वर्कर्स पार्टीको सेन्ट्रल कमिशनको वैठकलाई नेतृत्व गरे । उनी त्यहाँ पुगेपछि मास्क लगाएका पदाधिकारीले उनको स्वागत गरेका थिए । तर बैठकमा किम र अन्य पदाधिकारीले मास्क लागाएको देखिएन ।

बैठकमा सशस्त्र बल र सैन्य क्षमता बढाउने विषयमा छलफल भएको त्यहाँको सरकारी न्यूज एजेन्सी केसीएनएले जनाएको छ ।
 

एजेन्सी

तपाईँको मत