गाउँ सहर

जसले सडक पेटीमै ज्यान गुमाए...

काठमाडौं । कीर्तिपुरको सडक पेटीमा बस्दै आएका धादिङका एक वृद्ध आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटीमा धादिङका सूर्यबहादुर तामाङ लडिरहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनी नाम्लो हातमै लिएको अवस्थामा मृत भेटिएका थिए ।

भारी बोक्ने काम गर्दै आएका यी वृद्ध लकडाउनपछि विभिन्न संघ संस्थाले दिने गरेको खाना खाएर गुजारा चलाइरहेका थिए ।

आफन्त सम्पर्कमा नआएपछि तामाङको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ। तामाङको उमेरसमेत यकिन हुन सकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत