स्वास्थ्य

“जनावरको तुलनामा मानिसको शरीरमा सजिलै प्रवेश गर्नसक्छ कोरोनाभाइरस”

[अष्ट्रेलियन शोधकर्ताको दावी]

सिडनी । नयाँ कोरोनाभाइरस जनावरको तुलनामा मानिसमा यसको संक्रमण चाँडो फैलने गर्दछ । यो दावी अष्ट्रेलियाका वैज्ञानिकले आफ्नो अध्ययनमा गरेका छन् ।

फ्लिंडर्स यूनिभर्सिटीका शोधकर्ताका अनुसार, संक्रमणलाई बुझ्न गरिएको अध्ययनबाट कोरोनाभाइरस ‘स्पाइक प्रोटीन’ मानिसमा पाइने रिसेप्टल एसिई-२ सँग मिलेर धेरै चाँडो कोशिकालाई संक्रमित गर्दछ । अध्ययन अनुसार, जनावरको तुलनामा कोरोना मानव कोशिकामा छिट्टै प्रवेश गर्न सफल हुन्छ ।

एउटै प्रजातिलाई पटक-पटक संक्रमित गर्न सजिलो

शोधकर्ता तथा भाइरस विशेषज्ञ निकोलाई पैत्रोव्स्कीका अनुसार, कोरोनाभाइरस त्यो प्रजातिलाई सजिलै संक्रमित गर्छ जसलाई उसले सबैभन्दा बढि संक्रमित गरिसकेको हुन्छ । त्यहिँ कुनै नयाँ प्रजातिलाई भने उसले सजिलै संक्रमित गर्दैन । यो अचम्म मान्नुपर्ने कुरा छ कि यसले मानव कोशिकालाई पहिले पनि संक्रमित गरिसकेको छ ।

यस्तो लाग्छ कि यो मानवलाई संक्रमित गर्नको लागि पूर्ण

भाइरस विशेषज्ञ निकोलाई भन्छन्— सायद भाइरसले पहिले नै मानव कोशिकालाई संक्रमित गरिसकेको छ । हुनसक्छ यस्तो ल्याबमा प्रयोगको समयमा भएको हुनसक्छ । यो भाइरसको संरचना र व्यवहारलाई हेरेर यो लाग्छ कि जसरी यो मानवलाई संक्रमित गर्नको लागि पूर्ण छ ।

अहिलेसम्म वाहकको पत्ता लागेको छैन

निकोलाईका अनुसार, कोरोनाको केशमा सबैभन्दा महत्वपूर्ण कुरा यो छ कि अहिलेसम्म यसको मुख्य वाहक पहिचान हुन सकेको छैन । जसरी मिडिल इस्ट रेस्पिरेटरी सिंड्रोम (उँट) बाट फैलिएको थियो र सार्स सिवेट क्याटबाट । यस्तै इबोला भाइरसको संक्रमण बाँदरबाट फैलिएको थियो । तर अहिलेसम्म कोरोनाको वाहक पत्ता लगाउन सकिएको छैन । यसकारण कयौँ कुरा स्पष्ट हुन सकेको छैन ।

भाइरसको उत्पतिमा थप अनुसन्धान जरुरी

निकोलाई भन्छन्— कोरोनाभाइरसको उत्पतिको बारेमा अहिलेपनि अनुसन्धान गर्न बाँकी छ । चीनको वुहानमा पैंगोलिन र ब्याटलाई नजिकको स्रोत मानिरहेका छौँ तर यस्तो पनि सम्भव छ कि ल्याबमा यी दुइको क्रस कंटामिनेशनबाट नयाँ तरिकाको भाइरस पैदा हुनसक्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत